बाँकेको खजुरामा अपहरणपछि बालिकाको सामूहिक बलात्कार

Breaknlinks
Breaknlinks

बाँकेमा एक युवकको समूहद्वारा बालिका बलात्कृत भएकी छन्।

नेपालगञ्ज उपहानगरपालिकाबाट खजुरा गाउँपालिका सि-गाउँस्थित पुलचोक नजिक फोटो खिचाउन गएकी बालिकालाई अपहरण गरेर युवकको समूहले बलात्कार गरेको हो।

नेपालञ्ज उपमहानगरपालिका वडा–१२ बेलासपुर बस्ने १७ वर्षीय आबिद खान, सोही ठाउँका १५ बर्षीय सुरज बर्मा, वडा–१८ बस्ने १७ वर्षीय कृष्णसिंह ठाकुर र सोही ठाउँ बस्ने अर्की एक १६ वर्षीया बालिका खजुराको पुलचोक नजिक शुक्रबार फोटो खिचाउन गएका थिए।

सोही समयमा खजुरा गाउँपालिका वडा–१ सैनिक बस्ने १८ वर्षीय हरिश सुनार, वडा–१ चन्द्रनगर बस्ने १८ वर्षीय सुशान्त सुनार, १९ वर्षीय सुमित गाहा मगर, २० वर्षीय नवीन थापा र २४ वर्षीय नेप्टे भन्ने व्यक्तिले बालिकालाई अपहरण गरेका थिए।

प्रहरीकाअनुसार २ वटा मोटरसाइकलमा आएका उनीहरुले फोटो खिचाउन लागेको अबस्थामा कुटपिट गरेर बालिकासहित आएका केटाहरुलाई लखेटेका थिए। त्यसपछि ती केटाहरुको समूहमध्येका हरिश सुनारले भे १० प ८६३ नं. मोटरसाइकलमा बसाली बालिकालाई लगेका थिए।

लगत्तै अपहण गरेको खबरसँगै खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेको प्रहरी टोली घटनास्थल पुगेको थियो। तर उक्त प्रहरी टोलीले बालिकालाई बलात्कृत हुनबाट भने बचाउन सकेन।

ती अपहरण गर्ने सुनारले बालिकालाई जंगलमा र आफ्नो घरको कोठामा लगेर २ पटक बलात्कार गरेको बालिकाले प्रहरीसमक्ष बताएकी छन्। प्रहरीले खोजतलास गर्दै जाँदा सुनारको घरबाट नै बालिकालाई उद्धार गरेको छ।

साथै बलात्कार गर्ने सुनारलाई पनि घरबाटै पक्राउ गरेको बाँके प्ररहरीले बताएको छ। उक्त घटनामा संलग्न अन्य सुशान्त सुनार, सुमित गाहामगर, नबिन थापा र नेप्टे भन्ने व्यक्तिको खोजतलास भइरहेको र घटना सम्बन्धाम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-01-22 17:51:00

प्रतिकृया दिनुहोस्