यमनमा हमलाबाट ७० जनाको मृत्यु, राष्ट्रसंघले गर्‍यो निन्दा

File photo
File photo

राष्ट्रसंघले यमना भएको हवाई हमलाको निन्दा गरेको छ। यमनको थुना केन्द्रमा भएको हवाई हमलामा ७० जनाको मृत्यु भएको थियो। 

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले हमलाको निन्दा गर्दै यमनमा जारी तनाब अन्त्य हुनु पर्ने बताएका छन्। सो हमला साउदी नेतृत्वको गठबन्धन समूहले गरेको अनुमान गरिएको छ। समूहले यमनमा हुथी विद्रोहीविरुद्ध सन् २०१५ देखि हमला गर्दै आएको छ। तर, गठबन्धनले सो हमलामा आफ्नो संलग्नता नभएको बताउँदै आएको छ। 

हुथी विद्रोही र साउदी गठबन्धन समूहबीच जारी युद्धमा  बालबालिकासहित दशौं हजार सर्वसाधरण मारिएका छन्। युद्धका कारण लाखौं मानिस विस्थापित भएका छन्। खडेरीका कारण यमनका लाखौं मानिस खडेरीको चपेटामा परेका छन्।
 

 

प्रकाशित मिति: : 2022-01-22 13:01:00

प्रतिकृया दिनुहोस्