एकैदिन १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट १० हजार ५२ र एन्टिजेन परीक्षणबाट २२८६ जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी गत २४ घण्टामा ६४९ जना संक्रमणबाट मुक्त भएका छन् भने ४ जनाले ज्यान गुमाएका छन्।

हालसम्म देशभर ५७ हजार ३२८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: : 2022-01-20 17:30:00

प्रतिकृया दिनुहोस्