बुधबारको तुलनामा बिहीबार सुन तोलामा एक हजार रुपैयाँले बढेको छ। महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने बिहिबार एक हजारले बढेर सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।
त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार २०० सय रुपैयाँ निर्धारण भएको छ। चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ।