सुदूरपश्चिम: थप १८४ मा सङ्क्रमण, एकको मृत्यु

file photo
file photo

सुदूरपश्चिम प्रदेशमा आज थप  १८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ४८७ जनाको नमूना परीक्षण गर्दा १८४ जनामा सङ्क्रमण पुष्टि भएको हो।

पीसीआरमार्फत सात र एन्टिजेनमार्फत १७७ जनामा पुष्टि भएको हो। पीसीआरमार्फत कमलबार अस्पतालमा सात र एन्टिजेनमार्फत कञ्चनपुरका ९३, कैलालीका ७७, बैतडीका सात र दार्चुलाका पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ।

गएको २४ घण्टामा प्रदेशभर आठ जना निको भएका छन्। सो अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ। बाजुराको खप्तडछेडेदह–२ का ५१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको हो। यसअघि शनिबार यस प्रदेशमा २८३ जनामा सङ्क्रमण पुष्टि हुँदा आठ जना निको भएका थिए। सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१६ जनाको ज्यान गइसकेको छ।

प्रकाशित मिति: : 2022-01-16 21:20:00

प्रतिकृया दिनुहोस्