आनन्दराज बतासको बचाउमा उत्रिए कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा बतास ग्रुपका मालिक आनन्दराज बतासको पक्षमा उत्रिएका छन्।

सत्ता र राजनीतिक संरक्षणको सिँढिमा नारायणहिटी दरबार संग्रहालयमा कफीसप खोल्नेदेखि थुप्रै विवादास्पद ठेक्का हात पारेका बतासबारे समाचार प्रकाशित भइरहेका बेला थापाले बतासविरुद्ध अहिले चौतर्फी हमला भइरहेको बताएका हुन्। 

‘भित्री रहस्य थाहा छैन। मैले चिनेको (आनन्द बतास) सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार व्यक्ति हुन्,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्।

बतासबाट कानुन उल्लंघन भएको कारबाही गरिनुपर्ने तर चरित्रहत्या गरिनु ठिक नभएको उनको भनाइ छ। 

प्रकाशित मिति: : 2022-01-10 09:25:00

प्रतिकृया दिनुहोस्