जनवरी ६ : बिर्सनलायक कालो दिन, सम्झिरहेछ अमेरिका

आज जनवरी ६, गत वर्ष आजकै दिन अमेरिकी संसदमाथि आक्रमण भएको थियो । त्यो पनि तत्कालिन अमेरिकी राष्ट्रपतिको आव्हानमा । आधुनिक लोकतन्त्रमा विरलै देखिने त्यो अप्रिय दृश्य अमेरिकी लोकतन्त्रका लागि पटक्कै सुहाउने दृश्य थिएन । न अमेरिकी जनता यो हेर्न चाहन्थे । तर, विडम्बना उनीहरू त्यो दृश्य हेर्न बाध्य भए।  

सन् २०२० मा भएको राष्ट्रपति निर्वाचन डेमोक्रेटिक उम्मेद्वार जो बाइडेनले जितेका थिए तर त्यो परिणाम उनका प्रतिस्पर्धी रिपब्लिकन उम्मेद्वार एवम् तत्कालिन राष्ट्रपति ट्रम्पले स्वीकारिरहेका थिएनन् । त्यसका लागि उनी बाइडेनको जीतको घोषणा रोक्न चाहन्थे । त्यो घोषणा संविधानत: उपराष्ट्रपति माइक पेन्सले गर्नुपर्थ्यो,  ट्रम्पले रोक्न अनेक दबाब पनि दिए । तर, पेन्स त्यसका लागि राजी भएनन् । त्यही घोषणा रोक्नका लागि ट्रम्पका अनुयायीहरू संसद भवनमा जाइलागे ।

उनीहरू यसरी जाइलागे कि केही सुरक्षाकर्मीहरूको ज्यान गयो, सभामुखको च्याम्बरमा ताण्डव मच्चाइयो, उपराष्ट्रपति, सभामुखलगायत सांसदहरूलाई बचाउन क्यापिटल हिलको बंकरमै लैजानुपर्यो । संसारले अमेरिकी लोकतन्त्रको भद्दा मजाक गरिएको यो दृश्य टुलुटुलु हेरिरह्यो।

यो आततायी हर्कत ट्रम्पकै लागि गरिएको थियो, उनले भींडलाई निर्वाचनको परिणाम चोरिएको भनेर सम्बोधन गरेपछि सुरू भएकाले यसका नेता पनि उनी नै थिए । उनले चाहेको भए रोक्न पनि सक्थे । उनका कतिपय सल्लाहकारहरूले स्थिति काबुभन्दा बाहिर गएपछि रोक्नलाई अनुनय विनय पनि गरे । तर, पनि उनले समयमा त्यसका लागि आव्हान गरेनन् । जब सबै तमाम भयो तब मात्र उनले आफ्ना अनुयायीलाई शान्तिपूर्वक घर फर्कन आव्हान गरे ।

यो वा त्यो नाममा अमेरिकालाई बाँड्ने र एकअर्काप्रति घृणा पोख्ने क्रम जारी छ । यस खेलमा खासगरी एसियाली मुलका मानिसहरू निशानामा छन् । हेट क्राइम भनिने घृणाले गरिने अपराधहरूको श्रृङ्खलामा उनीहरू परिरहेका छन् । यस क्रममा केही नेपाली पनि पीडित भएका छन् । अनिकालमा बीउ जोगाउनु र हुलमुलमा ज्यान जोगाउनु भन्ने हाम्रा बाबुबाजेले भन्दै आएको कुराको स्मरण गरेर यस्तो अवस्थामा सतर्कता अपनाउनु नै अहिलेका लागि हितकर देखिन्छ ।

यही हो जनवरी ६ को परिदृश्यको संक्षिप्त वर्णन । यति गरे पनि ट्रम्पको उद्धेश्य पूरा भएन । पेन्सले विधिवत रूपमा बाइडेन विजयी भएको घोषणा गरिदिए । ट्रम्प भने आफ्ना उत्तराधिकारी बाइडेनको सपथ ग्रहणमा सहभागीसमेत नभई फ्लोरिडातिर हानिएँ ।

अहिले संसदले एक विशेष समिति बनाएर यस घटनाको अनुसन्धान र सुनुवाइ गरिरहेको छ। सयौं मानिस कारबाहीको दायरामा ल्याइएका छन्, केही जेल गैसके । ट्र्मप र उनका ठूला कारिन्दाहरू महंगा वकील खरिद गरेर प्रक्रियालाई अड्काउने काम गरिरहेका छन् ।

जनवरी ६ को परिदृश्य ट्रम्पले आफ्नो चार वर्षे कार्यकालमा रोपेको घृणाको बीउ उम्रेको प्रमाण थियो । त्यसयता अमेरिका फेरि एकपटक नराम्ररी विभाजित भएको छ । सिभिल वारअगाडि उत्तर दक्षिणमा बाँडिएको अमेरिका यतिबेला गोरो र बाँकिमा बाँडिएको छ । पल पलमा संशयले बाँच्नुपर्ने अवस्था छ ।

जनवरी ६ को पहिलो वर्षको सम्झना पनि विभाजित रूपमै गरियो । डेमोक्रेटिक सांसदहरू संसमा आयोजित कार्यक्रममा सहभागी भए । रिपब्लिकनहरूले बहिस्कार गरे । अपवादमा ट्रम्पको कोपभाजनको शिकार भएकी कंग्रेसवुमन चेनी आफ्ना पूर्वराष्ट्रपति पिता डिक चेनीका साथ सहभागी भइन् ।

राष्ट्रपति बाइडनले नाम नलिइकन घटनाका लागि ट्रम्पतिर धारे हात लगाए । जनवरी ६ को पहिलो वार्षिकीमा पत्रकार सम्मेलन आयोजना गरेर आफ्ना कुरा राख्न लागेका ट्रम्पले अन्तिम समयमा त्यो रद्द गरे पनि प्रेस रिलिज जारी गरेर बाइडेनको नाम नै लिएर जाइ लागे ।  

अर्थात् यो वा त्यो नाममा अमेरिकालाई बाँड्ने र एकअर्काप्रति घृणा पोख्ने क्रम जारी छ । यस खेलमा खासगरी एसियाली मुलका मानिसहरू निशानामा छन् । हेट क्राइम भनिने घृणाले गरिने अपराधहरूको श्रृङ्खलामा उनीहरू परिरहेका छन् । यस क्रममा केही नेपाली पनि पीडित भएका छन् । अनिकालमा बीउ जोगाउनु र हुलमुलमा ज्यान जोगाउनु भन्ने हाम्रा बाबुबाजेले भन्दै आएको कुराको स्मरण गरेर यस्तो अवस्थामा सतर्कता अपनाउनु नै अहिलेका लागि हितकर देखिन्छ ।

प्रकाशित मिति: : 2022-01-07 04:14:00

प्रतिकृया दिनुहोस्