नेपालमा दैनिक कोरोना संक्रमण बढ्दै, २४ घण्टामा ५४० जना संक्रमित

Symbolic photo
Symbolic photo

नेपालमा कोरोनाभाइरस संक्रमण फेरि बढ्न थालेको छ। यो साताको तथ्यांक हेर्दा दैनिक कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको हो।

पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २०९ जनाको पीसीआर परीक्षण गर्दा ४७८ जना र ४ हजार ८९० एन्टिजेन परीक्षण गर्दा ६२ जना गरी ५४० जनामा संक्रमण पुष्टि भएको हो।

यसअघि आइतबार २१६ जनामा संक्रमण पुष्टि भएको थियो भने सोमबार ३२६ जना संक्रमित भएका थिए। त्यसैगरी मंगलबार ३९३ जना र बुधबार  ४३५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको विवरणमा उल्लेख छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७१ रहेको छ भने एक जनाको मृत्‍यु भएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४३१ जना रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: : 2022-01-06 18:11:00

प्रतिकृया दिनुहोस्