जसको नाम करण जौहरसँग जोडियो...

Vogue India
Vogue India

बलिउडमा नाम चलेका डारेक्टरमध्येका एक हुन्–करण जौहर। उनी अभिनेता, निर्माता,  स्क्रीनराइटर, डिजाइनर र टेलीविजन पर्सनालिटी पनि हुन्। जो भारतीय फिल्ममा आफ्नो कामको कारण चिनिने गर्छन्।

उनी धर्मा प्रोडक्‍शन्‍समा काम गर्छन्। जसको सस्ंथापक उनकै पिता यश जौहर थिए। उनले फिल्म ‘दिलवाले दल्हनियन ले जाएगेँ’ मा सहाय‍क निर्देशक बनेर बलिउड डेब्यू गरेका थिए। 

जुन सुपरहिट फिल्म साबित भयो। फिल्ममा उनको शाहरुख खानका साथीको भूमिका निभाएका थिए। निर्देशक बनेर उनले बनाएको पहिलो फिल्म ‘कुछ कुछ होता है’ थियो। जुन सुपरहिट भयो।

फिल्म प्रेममा सम्बन्धित थियो। फिल्म पुरस्कार पाउन समेत सफल भएको थियो। त्यसपछि उनले ‘कभी खुशी कभी गम’ फिल्म बनाए। जसको लिड रोलमा शाहरुखलाई राखे। 

उनले डायरेक्टर बनेर ‘कुछ कुछ होता है, कभी खुशी कभी गम, कभी अलविदा ना कहना, माय नेम इज खान, स्‍टूडेन्ट अफ द ईयर फिल्म बनाएका थिए। 

उनले टीवीमा चर्चित शो पनि गरे। जसको नाम ‘कफि वीइथ करण’ हो। जहाँ उनी कलाकारहरुसँग कुराकानी गर्छन्। उनले केही ठूला कलाकारलाई बोलाएरसमेत कुराकानी गरिसकेका छन्। उनी केही विवदित कुरामा पनि फसिसकेका छन्। उनको नाम फिल्मका केही कलाकारहरुसँग पनि जोडिएका छन्। जसमध्येकी एक हुन्। ट्वीकल खन्ना। 

करण जौहर र ट्वीकल खन्ना
उनीहरु बाल्यकालदेखिका मिल्ने साथी हुन्। विद्यालयमा पढ्दादेखि नै करणले ट्विकंललाई मन पराउँथे। उनले एक अन्तरवार्तामा खन्नासँग विद्यालय पढ्दा नै प्रेम रहेको खुलासा गरेका हुन्। आफूले ट्विकंलसँग विवाह गर्न चाहेको पनि उनले बताए। खन्नाले पनि करणको बालापनको बारेमा कुराकानी गरेको थिइन्। उनले करण स्कुल पढ्दा बारम्बार स्कुलबाट भाग्ने कोसिस गर्ने र एकपटक समातिएको किस्सा पनि सुनाएकी थिइन्। करणले आफ्नो फिल्म ‘कुछ कुछ होता है’ मा ट्वीकललाई खेलाउन चाहन्थे। तर खन्नाले अस्वीकार गरेकी थिइन्। 

करण जौहर र शाहरुख खान
शाहरु र करणले बलिउडलाई थुप्रै हिट फिल्म दिएको छ। दुबै जनाको निकटताका कारण उनीहरुको सम्बन्धीमाथि पनि प्रश्न गरियो। अझै पनि सोशल मिडियामा शाहरुख र करणलाई जोडिएको देखिन्छ। यसबारे एकपटक शाहरुखले करणको ‘कफी वीइथ करण’ मा जोक्स गरेका थिए। तर उनीहरु एकअर्कालाई मिल्ने साथी बताउँछन्। 

करण जौहर र सिद्धार्थ मल्होत्रा
करण जौहर र सिद्धार्थ मल्होत्राको सम्बन्धमा पनि प्रश्न उठेको थियो। अहिले पनि उनीहरु मिल्ने साथीहरु हुन्। यी दुई जनाको मित्रताको सुरुवात तब भयोमल्होत्राले करणको फिल्म ‘माइ नेम इज खान’ मा असिस्ट गरेका थिए। यसपछि करणले सिद्धार्थलाई ‘स्टूडेन्ट अफ द ईयर’ बाट बलिउडमा ब्रेक दिए। रिर्पोटका अनुसार करणलाई सिद्धार्थको पर्सलालिटीनिर्क मनपथ्यो। 

करण जौहर र मनीष मल्होत्रा
फेशन डिजाइनर र मनीष र करणको सम्बन्धको पनि निकै चर्चा भयो। यी दुईको मित्रता पनि यति गहिरो थियो कि उनीहरुको जोडीहरुलाई सबैभन्दा अनुमानित जोडी पनि भनिन्थ्यो। उनीहरुको अफेयरको चर्चा पनि चल्यो। 

करण जौहर र एकता कपूर 
करण जौहर र एकता कपूर २००० सालमा चर्चामा आएका जोडी हुन्। उनीहरुले विवाह गर्ने कुरा मिडियामा समेत आएको यिो जुन अफवाह थियो। 

 

प्रकाशित मिति: : 2022-01-05 16:00:00

प्रतिकृया दिनुहोस्