बिहान सधैँको हतार, समयमा नै क्लासमा पुग्नुपर्ने। अलि हतारमा चाँडचाँडो नै हिँडिरहेकी थिएँ। मेरो पछि एक हुल केटीहरु रिस र आक्रोशमा कुरा गरिरहेका थिए। ‘काटिदिनु पर्ने, मारिदिनु पर्ने, हुन त हाम्रो सरकार नै खत्तम, फाँसी चाहिँ हुनुपर्ने हो के खासमा! उनीहरुलाई पनि यस्तै गर्नुपर्ने अनि बल्ल थाहा हुन्थ्यो!’
आवेगले होला केही बहिनीहरुले त कल्पनासम्म गर्न नसकिने बदलाको कुरा गर्दै थिए जुन मैले यहाँ उल्लेख गर्न चाहिन। एकाबिहानै के कुराले यस्तो आक्रोश पैदा भयो होला?