सेयर बजार ३२ अंकले बढ्यो

File Photo
File Photo

नेपाली सेयर बजार सोमबार ३२ अंकले बढेको छ। कारोबार सुरु भएसँगै उतारचढाव हुँदै नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २६१६ दशमलव ९४ विन्दुमा पुगेको छ। 

यसदिन २३० कम्पनीको ८२ लाख कित्ता सेयर किनबेच हुँदा चार अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। 

सोमबार नेप्सेसँग समूहगत परिसूचक पनि सकारात्मक भएका छन्। आज उत्पादनमूलक समूहबाहेकका समूहहरू सकारात्मक भएका छन्।

सबैभन्दा बढी व्यापार समूह ७ प्रतिशतले वृद्धि हुँदा अन्य समूह ०.१७ प्रतिशतले मात्र वृद्धि भएको नेप्सेले जनाएको छ। 
 

प्रकाशित मिति: : 2022-01-03 16:42:00

प्रतिकृया दिनुहोस्