सुरक्षित कारोबारको लागि डिजिटल बैंकिङ– ग्लाेबल बैंक

ग्लोबल आईएमई बैंककाे सारक्षरता तथा ग्राहक सचेतना कार्यक्रम सम्पन्न भएकाे छ। बिहीबार काठमाडाैँमा आयोजित कार्यक्रमा डिजिटल बैंकिङ सुरक्ष तथा डिजिटल बैंकिङ फाइदाका विषयमा जानकारी गराइएकाे थियाे। 

कार्यक्रममा बाेल्दै बैंककाे क्षेत्रपाटी शाखा प्रबन्धक दिनेश पोखरेलले बैंकिङ क्षेत्रलाई सुरक्षित, सहज, सरल तथा प्रभावकारी बनाउन प्रतिवद्ध गरेकाे बताए।

‘बैंकमा दैनिक करोडौँको कारोबार हुन्छ तर हामीलाई डिजीटल बैंकिङको बारेमा जानकारी  नै छैन,’ पोखरेलले भने,'बैंकिङ क्षेत्रलाई सुरक्षित, सहज, सरल तथा प्रभावकारी बनाउन हामी प्रतिद्ध छौँ।'

उनले बढ्दै गएकाे बैंकिङ जाेखिमबाट बच्न डिजिटल बैंकिङ उपयुक्त भएकाे बताए। 

‘आजकाल बैंकमा ठगी दिनप्रतिदिन बढ्दौ जान थालेको छ। यसबारे सचेत हुन जरूरी छ,’ उनले भने।

कार्यक्रममा पिपुल्स कलेजका करिब ३० जना विद्यार्थी सहभागी थिए।

प्रकाशित मिति: : 2021-12-23 17:35:00

प्रतिकृया दिनुहोस्