बेलायतमा कोभिडबाट एकै दिन अहिले सम्मकै उच्च संख्यामा संक्रमित भएका छन्।
पछिल्लो तथ्यांक अनुसार १ लाख ६ हजार १२२ जनालाई कोभिड भएको छ। ती मध्ये १३ हजार १ सय ८१ जना ओमिक्रोनबाट संक्रमित छन्। बेलायतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ७४ हजार नाघेको छ।
पछिल्लो २४ घण्टामा बेलायतमा १४० जनाको कोभिडबाट ज्यान गएको छ। ८ हजार भन्दा बढी कोरोना संक्रमणका कारणले अस्पताल भर्ना भएका छन् । ती मध्ये ८४९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।