सुगौली सन्धिले नेपाललाई भौगोलिक आकार दिए पनि हाम्रो सार्वभौम सत्ताको परिचय विश्वमा पुर्याएको सन् १९२३ को सन्धिले हो। तर, यो सन्धिबारे जसरी र जति बहस हुनुपर्ने हो, त्यो हुन सकेको छैन।
नेपालले सन् १९२३ को सन्धिमा हस्ताक्षर गरेको सय वर्ष पुग्दै छ। यो त्यस्तो सन्धि हो जसले हामीलाई पहिलो पटक विश्वमा सार्वभौमसत्ता सम्पन्न देशका रूपमा चिनायो। यद्यपि यो सन्धि र सार्वभौमसत्ताबारे जसरी छलफल हुनुपर्ने हो, त्यो भएकै छैन। कतिले यो सन्धिलाई अरू सन्धिले विस्थापित गरिसकेकाले मृत भएको भनी चर्चा गर्छन्। तर, यथार्थ त्यो होइन।
एकातिर हामी सन् १८११६ को सुगाैली सन्धिको कुरा गर्छौं जसले आजको नेपाललाई भौगोलिक आकार दिएको छ। अर्कातिर सन् १९५० मा भएको नेपाल–भारत शान्ति तथा मैत्री सन्धि पनि छ। यी दुई वटाको बीचमा च्यापिएको छ, सन् १९२३ को सन्धि। यसमा निहित भूराजनीतिक कारणले पनि हामी यो सन्धिको पर्याप्त चर्चा गर्न सकिरहेका छैनौं।