इंग्लिस क्लब टोटेनहम यूरोपा लिगबाट बाहिरिएको छ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले कोरोना भाइरसले स्थगित टोटेनहम र रेनसबीचको खेल रद्द गरेसँगै टोटेनहम लिग बाहिरिएको हो।
कोरोना भाइरसका कारण नखेलिएको सो खेलमा यूईएफएले रेनसलाई ३-० को जित दिलाएको थियो। फ्रेन्च क्लब रेनस डिसेम्बर ९ मा तय गरिएको सो खेल खेल्न लण्डन पुगे पनि टोटेनहमका खेलाडीलाई कोरोना संक्रमण देखिएपछि खेल स्थगित गरिएको थियो।
जसकारण युईएफएले रेनसलाई विजेता घोषणा गरेपछि टोटेनहम युरोपा लिगबाट बाहिरिएको हो।