तस्बिरमा हेर्नुहाेस् बानेश्‍वरकाे इन्द्रेणी कम्प्लेक्समा भएकाे आगलागी 

शनि शाक्य

काठमाडौं

काठमाडौंको नयाँ बानेश्‍वरस्थित इन्द्रेणी कम्प्लेक्समा भएको आगलागी नियन्त्रणमा आएकाे छ।

कम्प्लेक्सको माथिल्लो तलामा रहेको जीम सेन्टरमा विद्युतिय सट भई आगो लागेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

आगो नियन्त्रणमा लिन काठमाडौंका दुई, भक्तपुरबाट एक र ललितपुरबाट एक दमकल आएका थिए। दिउँसो तीन बजे देखि लागेको अगो करिब डेढ घण्टापछि मात्र नियन्त्रणमा आएको हाे।

अहिलेसम्म अगलागीबाट भएका क्षतिको विवरण प्राप्त भएको छैन भने कुनै पनि मानवीय क्षति नभएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित मिति: : 2021-12-20 17:32:00

प्रतिकृया दिनुहोस्