कांग्रेस नेतृ सुजाता परियारद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा 

संसदमा उत्पीडित, दलित वर्गको पक्षमा चर्को आवाज उठाउँदै आएकी प्रतिनिधि सभा सदस्य सुजाता परियारले कांग्रेस सह महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी छिन्।

केन्द्रिय राजनीतिमा प्रभावशाली भूमिका खेल्दै आएकी परियार दुई। दुईपटक कांग्रेस को केन्द्रिय सदस्य र सांसद बनिसकेकी छिन्। परियारले राजनीतिको मुलप्रवाहमा दलित , उत्पीडित एवम् सीमान्तकृत समुदायको आवाज उठाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएकी छिन्।

पार्टीको चौँधौं महाधिवेशनबाट दलिततर्फ सहमहामन्त्री पदमा आफू निर्वाचित भए पार्टीको सांगठनिक स्वरुप मजबुत बनाई वर्षौंदेखि शोषण र दमनमा पर्दै आएका शोषित , पीडित दलित समुदायको पक्षमा अझै प्रभावकारी रूपमा आवाज उठाउने परियारले बताइन्।

पार्टीको वृहत्तर हितका लागि आफुले खेलेको भुमिका र योगदानका कारण आफू सह महामन्त्री चयन हुने कुरामा विश्वस्त रहेको परियारले बताइन्।

सभापति शेरबहादुर देउवा निकट मानिने नेतृ परियार पार्टीभित्र पुरानो अनुभवी र प्रभावशाली नेतृका रूपमा चिनिन्छिन्। उनको गृह जिल्ला ईलाममा समेत निकै राम्रो पहुँच रहँदै आएको छ।

मंसिर २४ बाट शुरु हुने कांग्रेस को चौधौं महाधिवेशनबाट खस।आर्य, जनजाती, महिला, मधेसी, मुस्लिम, थारु, दलित र पिछडिएको क्षेत्रबाट एक।एक जना गरी ८ जना सहमहामन्त्री चयन हुनेछन्।

प्रकाशित मिति: : 2021-12-09 12:05:00

प्रतिकृया दिनुहोस्