आलु खेतीको क्षेत्रफलमा कमी

File photo
File photo

आलुबालीतर्फ बाराका कृषकले खेती गर्ने क्षेत्रफलमा कमी गर्दै आएकाले यस वर्ष आलु खेतीमा ३० हेक्टर क्षेत्रफलमा कमी आएको छ।

कम लगानीमा बढी फाइदा हुने नगद बाली उखु खेती र मत्स्यपालन व्यवसायतर्फ कृषकको बढी आकर्षकले कृषकहरुले २०७८/७९ मा कूल सात हजार ४२० हेक्टर क्षेत्रफलमा विभिन्न जातको आलु खेती गरेको कुरा कृषि ज्ञान केन्द्रका विज्ञ गेनालाल मण्डलले बताए।

जिल्लाका प्रायः सबै ठाउँमा आलु खेती हुने गरेको र उत्पादनका हिसाबले अमृतगञ्ज, गोलागञ्ज, हरिहरपुर, उचिडिह, देवापुर, भगवानपुर आलु खेतीको पकेट क्षेत्र भएको बताइएको छ।

गत वर्ष २०७७/७८ मा कृषकले कूल सात हजार ४५० हेक्टर क्षेत्रफलमा  विभिन्न जातका आलु खेती गरी प्रतिहेक्टर १६ मेट्रिक टनले कूल एक लाख १९ हजार २०० मेट्रिक टन आलु उत्पादन भएको थियो।

प्रकाशित मिति: : 2021-12-08 12:15:00

प्रतिकृया दिनुहोस्