जुम्लाका राममाया र प्रकाशले जिते स्वर्ण

काठमाडाैंको दशरथ रंगाशालामा भएको युथ एथेलेटिक्स च्याम्पियनसिप प्रतियोगितामा जुम्लाका तीन जना खेलाडीले पदक पाएका छन्।

महिला र पुरुष तर्फकाे तीन हजार मिटर दाैड प्रतियोगितामा जुम्लाका राममाया बुढा र प्रकाश कठायतले स्वर्ण जितेका छन् भने महिलाको साेही प्रतियोगितामा बन्धना बुढा द्वितीय भएकी छन्।

कर्णाली खेलकुद क्लब जुम्लाबाट भाग लिएका तिन जना खेलाडी विजयी भएको अध्यक्ष सरोज शाहीले बताए।

'हाम्राे क्लवबाट ५ जना खेलाडी सहभागी छन्। जमध्ये सोमबारको प्रतियोगितामा भाग लिएका तिनै जना खेलाडीले स्थान ओगटन सफल भएका छन्,' उनले भने, 'जुम्लाकै पुनम र सविता हिट चरण पार गरि फाइनलमा पुगेका छन्।'

मंगलबार बिहान हुने ८ सय मिटर दौडमा बन्धना बुढा सहभागी हुनुका साथै चारै खेलाडीले रिलेमा भाग लिने अध्यक्ष शाहीको भनाइ छ।

जुनियर च्यापियनसीप प्रतियोगितामा भाग लिएका सबै खेलाडीले गोल्ड मेडल, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन्। कर्णाली खेलकुद क्लबको नियमित अभ्यासले गर्दा खेलाडीहरुले सफल्ता प्राप्त गरेका हुन।

जुम्लाको राजासिममा धावक हरीबहादुर रोकायाले प्रत्येक दिन खेलाडीहरुलाई एथेलेटिक्स अभ्यास गराउँदै आउनका छन्। उनले तयार पारेका एथेलेटिक्स खेलाडीहरुले नेपाल भित्र र बाहिर हुने धेरैजसाे प्रतियोगितामा सहभागी भइ सफलता हात पार्दै आएका छन्।

घरेलु एथलेटिक्स लगभग शून्य भएको अवस्थामा दशरथ रंगशालामा युथ एथलेटिक्स च्याम्पियनसिप भएको हो। प्रतियोगिता एथलेटिक्स परिवार नेपालले आयोजना गरेकाे हाे।

प्रकाशित मिति: : 2021-12-07 09:55:00

प्रतिकृया दिनुहोस्