पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन प्रक्रिया अघि सारेको छ। कम्पनीले ९६ लाख कित्ता सेयरको ९६ करोड बराबरको प्राथमिक सेयर निष्कासनको तयारी थालेको हो।
कम्पनीले नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्तामा छनोट गर्ने सम्झौता गरेको छ। शुक्रबार भएको सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रवन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका हुन्।
उक्त हाइड्रोपावरले लमजुङको दोर्दी नदीबाट ५४ मेगावट विद्युत् उत्पादन गर्नेछ। हाइड्रोपावरको निष्कासन तथा बिक्री प्रवन्धको रूपमा सानिमा क्यापिटल छ। उक्त कार्यक्रममा कोषको तर्फबाट विभागीय प्रमुख शोभा श्रेष्ठ, उपव्यवस्थापक नारायणप्रसाद घिमिरे लगायतका अधिकारीलगायतको उपस्थिति थियो।