भारतको हरियाणामा कार दुर्घटना हुँदा पाँच जनाकाे मृत्यु

बिएल संवाददाता

नयाँ दिल्ली
File Photo
File Photo

उत्तरी भारतको हरियाणा राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा निजी अस्पतालका पाँच कर्मचारीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। भारतको राजधानी दिल्लीको बाहिरी भागमा रहेको गुरुग्राम जिल्लाको साधराना गाउँ नजिकै उक्त दुर्घटना भएको हो।

सेक्टर ८४ स्थित जेनेसिस अस्पतालका ६ जना कर्मचारी अस्पताल फर्किंदै गर्दा स्थानीय समय अनुसार बिहान १ बजे दुर्घटना भएको हो। हरसरु–साधराना सडकमा तीब्र गतिमा गुडिरहेको कार अनियन्त्रित भई इँटामा ठोक्किएर सडक छेउमा पल्टिएको स्थानीय अखबार द ट्रिब्यूनले प्रहरी अधिकारीहरूलाई उद्धृट गर्दै लेखेको छ। घाइते कर्मचारीलाई अस्पताल  भर्ना गरिएको छ।

अखबारकाअनुसार पीडितहरू आफ्ना सहकर्मीको विवाह समारोहमा भाग लिएर अस्पताल जाँदै थिए। मृतकहरु विभिन्न राज्यका रहेको पत्रिकाले जनाएको छ।

'हामीले शवलाई शवगृहमा राखेका छौं र परिवारलाई जानकारी गराएका छौं। हामी यस विषयमा थप अनुसन्धान गरिरहेका छौं,' प्रहरी अधिकारी राकेश कुमारलाई उद्धृत गर्दै अखबारले लेखेको छ।  
 

प्रकाशित मिति: : 2021-12-03 14:46:00

प्रतिकृया दिनुहोस्