भोपालमा ग्यास चुहावट हुँदा २० हजारको मृत्यु भएको त्यो दिन

photo:patrika
photo:patrika

भारतको भूपालमा आजकै दिन अर्थात सन् १९८४ को ३ डिसेम्बरमा एउटा ग्यास भट्टीमा ग्यास चुहावट हुँदा कम्तिमा २० हजारको मृत्यु भएको थियो। ग्यास चुहावटपछि भोपालका पाँच लाख मानिसहरुमा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखिएको थियो। यसलाई विश्वकै सवैभन्दा खराब औधोगिक दुर्घटना मानिन्छ।
 
इरानमा खमेनीको उदय

सन् १९७० मा इरानमा आयोतोल्लाह खमेनी त्यहाँको राष्ट्रपति बनेका थिए।  धार्मिक नेता खमेनी सन् १९७९ को इरान क्रान्तिको समयका मुख्य नेता थिए।
 
पहिलो पटक नियोन लाइटको आविश्कार

सन् १९१० मा पहिलो पटक नियोन लाइट सार्वजनिक गरिएको थियो। अधिकांंश सहरी क्षेत्रमा देखिने यो लाइटको फ्रान्सेली इन्जिनियर जर्ज क्लाउडेले पहिलो पटक आविश्कार गरेका थिए। ती लाइटलाई पहिलो पटक पेरिस मोटर सोमा प्रदर्शन गरिएको थियो।
 
अमेरिकाको २१ औं राज्य इलिनोइस

सन् १८१८ को ३ डिसेम्बरमा मध्यपश्चिमी राज्य इलिनोइस अमेरिकामा आबद्ध भएको थियो। इलिनोइस अमेरिकामा आबद्ध हुने २१ औं राज्य हो। तीन ओटा अमेरिकी राष्ट्रपतिले इलिनोइसलाई आफ्नो गृहराज्य बताउँदै आएका छन्। 
 

प्रकाशित मिति: : 2021-12-03 06:30:00

प्रतिकृया दिनुहोस्