विभिन्न देशबाट पक्राउ परेका ६०० ताइवानीलाई चीन पठाइयोः मानवअधिकारवादी समूह

file photo
file photo

विभिन्न देशमा पक्राउ परेका ६०० ताइवानीलाई चीनमा पठाइएको एउटा मानवअधिकारवादी समूहले जनाएको छ। मानवअधिकारवादी समूह सेफगार्ड डिफेन्डर्सले एउटा अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सो जानाकारी दिएको हो।

ताइवानको सार्वभौमसत्तालाई अवमुल्यन गर्न सो कदम चालिएको डिफेन्डर्सले चीनमाथि आरोप लगाएको छ।

ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र मान्दै आएको छ। विभिन्न देशमा पक्राउ पारिएका आफ्ना नागरिकलाई ताइवानमै पठाउनु पर्ने ताइपेयले जनाउँदै आएको छ। तर, बेइजिङले भने ताइवानलाई आफ्नो अभिन्न अंग मान्दै आएको छ।

सेफगार्ड डिफेन्डर्सले सन् २०१६ देखि सन् २०१९ सम्म सञ्चारमाध्यममा आएका रिपोर्टहरुका आधारमा सो प्रतिवेदन तयार पारेको हो। 

चीन पठाइएका ताइवानीको परिवार र वंश नभएको स्पेनमा रहेको सो संस्थाले जनाएको छ। उनीहरुमाथि विभिन्न मुद्दा लगाउन सक्ने पनि डिफेन्डर्सले चिन्ता व्यक्त गरेको छ। चीनले कुनै पनि देशमा पक्राउ परेका ताइवानीलाई आफ्नो देशमा सुपुर्दगी गर्नुपर्ने बताउँदै आएको छ।

प्रकाशित मिति: : 2021-12-02 07:20:00

प्रतिकृया दिनुहोस्