चीनको कारागारबाट भागेका उत्तर कोरियाली पक्राउ

file photo
file photo

चीनको एउटा कारागारबाट भागेका एक उत्तर कोरियाली नागरिक पक्राउ परेका छन्। जू श्यान्जिएन नाम गरेका उत्तर कोरियाली नागरिक ४० दिनपछि चीनमा पक्राउ परेका हुन्।

उनलाई पक्राउ गर्न सूचना दिने व्यक्तिलाई १ लाख ९ हजार डलर पुरस्कार दिइने घोषणा गरिएको थियो।

जू सन् २०१३ मा उत्तर कोरियाबाट भागेर चीन पुगेका थिए। उनलाई चोरी गरेको र गैरकानुनी ढंगले  चीन प्रवेश गरेको अभियोगमा चीनको एउटा अदालतले दोषी ठहर गरेको थियो।

उनी १९ अक्टोबरमा जेलको छतमा पुगेर उफ्रेर विद्युतीय बार नाघेका थिए। सुरक्षाकर्मीले पक्राउ गर्न खोजे पनि चालिस दिनदेखि फरार थिए।

उनको खोजी चिनियाँ सामाजिक सञ्जालमा व्यापक चासोको विषय बनेको थियो।

प्रकाशित मिति: : 2021-11-30 07:43:00

प्रतिकृया दिनुहोस्