यूएईविरुद्ध नेपाल टस जितेर बलिङ गर्दै 

आइसीसी महिला टि-२० विश्वकप एसिया छनोटमा अहिले नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीचको खेल जारी छ।  

दुबईमा जारी खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने गरेकाे लिएको हो। आयोजक यूएईले टस हारेसँगै ब्याटिङ सुरु गरिसकेको छ।  

अन्तिम तथा निर्णायक खेलको विजेता शीर्ष स्थानमा रहँदै आगामी वर्ष हुने टि-२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउँनेछ। आइतबार नेपाल र यूएई दुबै टोली खेल जित्दै ग्लोबल छनोटमा स्थान बनाउन चाहन्छन्। यूएई ४ खेलमा ४ जितका साथ ८ अंक बनाएर शीर्ष स्थानमा छ। नेपाल ४ खेलमा ३ जित, १ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ। नेपाललाई जित मात्रले पुग्दैन। रन रेटमा पनि ध्यान दिनुपर्ने हुन्छ।

नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराउँदा कुवेतलाई ९ विकेटले पराजित गरेको थियो। अन्तिम खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।  यूएईले मलेसियालाई ३० रन, हङकङलाई ११ रन, भुटानलाई ४७ रन र कुवेतलाई ७ विकेटले पराजित गरेको थियो।
 

प्रकाशित मिति: : 2021-11-28 12:13:00

प्रतिकृया दिनुहोस्