भारतमा एक दिनमा दश हजार ५७९ नयाँ कोरोना सङ्क्रमित

बिएल संवाददाता

नयाँ दिल्ली 
Symbolic photo
Symbolic photo

भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दश हजार ४८८ जना सङ्क्रमित भएका केन्द्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।  

भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख १० हजार १३३ रहेको छ। यो सङ्ख्या कुल सङ्क्रमित भएकामध्येको ०.३२ प्रतिशत मात्रै हो। सक्रिय सङ्क्रमितको सङ्ख्या सन् २०२० को मार्च पछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन्।  

पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ८६८ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ३९ लाख ७७ हजार ८३० रहेको मन्त्रालयले जनाएको छ। 

यो सङ्ख्या कुल सङ्क्रमितमध्येको ९८.३३ प्रतिशत हो। यो पनि सन् २०२० को मार्च पछिकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीको भनाइ छ। 

 हिजो बिहीबार मात्र कोरोना सङ्क्रमणको कारण ४८८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यहाँ हालसम्म ६३ करोड ७१ लाख भन्दा बढी व्यक्तिले कोरोना भाइरसको परीक्षण भएको जनाइएको छ। 

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्ब २० करोड २७ लाख भन्दा बढी डोज खोप लगाइएको छ।  

प्रकाशित मिति: : 2021-11-26 18:37:00

प्रतिकृया दिनुहोस्