स्विडेनमा पहिलो पटक महिला प्रधानमन्त्री निर्वाचित

File Photo
File Photo

 स्विडेनमा पहिलो पटक महिला नेतृ माग्डालेना अन्डेर्सन प्रधानमन्त्रीमा निर्वाचित भएकी छिन्। स्विडेनको संसदले उनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गरेसँगै उनी स्विडेनको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन्।

निवर्तमान अर्थमन्त्री समेत रहेकी माग्डालेना अन्डेर्सन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीकी नेतृ समेत हुन।

संसदका कुल १७४ मतदाताले मात्रै वर्तमान प्रधानमन्त्री स्टेफन लोफभेनलाई मतदान गरेका थिए । उनको भन्दा धेरै मत उनको विपक्षमा परेपछि नयाँ प्रधानमन्त्री निर्वाचित भएकी हुन्।

नयाँ प्रधानमन्त्रीको पक्षमा भने १७४ जनाले मतदान गरेका थिए। मतदानको समयमा ५७ सांसद अनुपस्थित भएका संसद सचिवालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-11-24 16:32:00

प्रतिकृया दिनुहोस्