सर्वोच्च अदालतमा कानुन व्यवसायीको आन्दोलन जारी (फोटो फिचर)

शनि शाक्य

काठमाडौं

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले मंगलबार पनि आन्दोलन जारी राखेको छ।

आन्दोलित कानुन व्यवसायीहरुले मंगलबार बिहान सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएका छन्।

बारको धर्ना भइरहँदा प्रधानन्यायाधीश जबराले भने मंगलबारका लागि १० इजलास गठन गरेका छन्। १० इजलासमा ५९२ मुद्दाको पेसी चढाइएको छ।

न्यायिक शुद्धीकरणका लागि भन्दै कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गर्दै आइरहेका छन्।

कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाउँदै जबराको राजीनामा मागेर चार सातादेखि बार आन्दोलनमा छ।

प्रकाशित मिति: : 2021-11-23 12:30:00

प्रतिकृया दिनुहोस्