वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता मंगलबारदेखि हुने

शनि शाक्य

काठमाडौं

नेपाल क्रिकेट संघको आयोजनामा यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता मंगलवारदेखि काठमाडौंमा आयोजना हुने भएको छ।

उक्त प्रतियोगिताका खेलहरु कीर्तिपुर क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुने छ।

संघले जारी गरेको विज्ञप्तिअनुसार, उक्त प्रतियोगिताका खेलहरु मंसिर ७ देखि १९ गतेसम्म हुने छ।

प्रतियोगितामा सातै प्रदेशका सात प्रादेशिक टीमको सहभागिता हुने छ। प्रत्येक टीममा १४ जना खेलाडी, एक जना व्यवस्थापक र एक जना प्रशिक्षक गरी १६ जना हुने संघले जनाएको छ।

एक दिवसीय ढाँचामा राउण्ड रोबिन लीगको आधारमा सेतो बलले खेलाइने छ।

यस्तो छ खेल तालिका :

प्रकाशित मिति: : 2021-11-22 17:35:00

प्रतिकृया दिनुहोस्