प्रहरीले अदालतभित्रै पसेर कुटे न्यायाधीश, वकील र कर्मचारीलाई पनि बाँकी राखेनन्

Breaknlinks
Breaknlinks

विहारको एउटा अदालतभित्र प्रवेश गरेर प्रहरीले एक जना न्यायाधीशलाई निर्धात कुटेका छन्। मधुवनी जिल्लाको एक अदालतभित्र प्रहरीले  न्यायाधीशलाई कुटेका हुन्। 

बिहीबार दिउँसो दुई जना प्रहरी अदालत कक्षभित्र प्रवेश गरेर न्यायाधीश अभिनाश कुमारलाई आक्रमण गरेका थिए। आक्रमणअघि उनीहरुले न्यायाधीशमाथि बन्दुक तेर्साएर थिए। सो समयमा न्यायाधीशले ती प्रहरी अधिकारी संलग्न रहेको एउटा मुद्दाको सुनुवाई गरिरहेका थिए।

पीडित न्यायाधीशलाई अहिले सरकारले थप सुरक्षा प्रदान गरेको छ । अदालतमा भएको घटनाबाट उनी बिक्षिप्त भएको बताइएको छ। प्रहरी अधिकारी गोपाल कृष्ण र सहायक निरीक्षक अभिमन्यु कुमारले न्यायाधीशलाई जोगाउन खोज्ने वकिल र अदालतका अन्य कर्मचारीहरुलाई पनि कुटेका थिए। 

अदालतले सो घटनालाई अप्रत्यासित भन्दै त्यसबारे छानविन गर्न सरकारसँग माग गरेको छ। आक्रमणपछि प्रहरी अधिकारीहरु मुछिएको भनिएको मुद्दाको सुनुवाई स्थगित भएको छ।

प्रकाशित मिति: : 2021-11-19 10:12:00

प्रतिकृया दिनुहोस्