पाकिस्तानी कट्टर मुस्लिम समूह टीएलपीका प्रमुख  रिज्भी रिहा

बिएल संवाददाता

इस्लामाबाद
File Photo tribune.com.pk

पाकिस्तानले एक कट्टर मुस्लिम नेतालाई रिहा गरेको छ।

सरकारले सुन्नी लडाकु समूह तेहरिक इ लबाइक पाकिस्तान (टीएलपी) का प्रमुख साद हुसेन रिज्भीलाई रिहा गरेको हो। सरकार र टीएलपीबीचको वार्तापछि सरकारले उनलाई लाहोर जेलबाट रिहा गरेको हो। 

एक साताअघि मात्र सरकारले रिज्भीको नाम आतंकारीको सूचीबाट हटाएको थियो। टीएलपीले विगत एक महिनादेखि सरकारविरोधी हिंसात्मक आन्दोलन गरेको थियो। आन्दोलनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी १२ जनाको मृत्यु भएको थियो। रिज्भी रिहा भएको उनका वकिलले पुष्टि गरेका छन्। 

दुई साताअघि इमरान खान नेतृत्वको सरकारले टीएलपीका २ हजार कार्यकर्तालाई रिहा गरेको थियो। 

फ्रान्सेली म्यागेजिन चार्ली हेब्दोले मुस्लिम धर्मगुरु मोहम्मदको कार्टून छापेपछि इस्लामबादस्थित फ्रान्सेली दूतलाई देश निकाला गर्न माग गर्दै सुरु भएको टीएलपीको आन्दोलनले हिंसात्मक रुप लिएको थियो।

प्रकाशित मिति: : 2021-11-19 07:14:00

प्रतिकृया दिनुहोस्