यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

File Photo
File Photo

नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ५४ पैसा र बिक्री दर ११९ रुपैयाँ १४ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ०७ पैसा र बिक्री दर १३४ रुपैयाँ ७५ पैसा रहेको छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ १६ पैसा र बिक्री दर १५९ रुपैयाँ ९६ पैसा छ। यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ २७ पैसा र बिक्री दर १२७ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ २९ पैसा र बिक्री दर ८६ रुपैयाँ ७२ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ८४ रुपैयाँ ३२ पैसा छ भने बिक्री दर ९४ रुपैयाँ ८० पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३२ पैसा र बिक्री दर १० रुपैयाँ ३८ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५८ पैसा र बिक्री दर १८ रुपैयाँ ६७ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ६० पैसा र बिक्री दर ३१ रुपैयाँ ७६ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ३९ पैसा र बिक्री दर ३२ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५१ पैसा रहेको छ।        

प्रकाशित मिति: : 2021-11-18 11:51:00

प्रतिकृया दिनुहोस्