पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहर

AFP/Files
AFP/Files

पाकिस्तानको लाहोर विश्वमै सबैभन्दा प्रदूषित सहर घोषित भएको छ। वायु गुणस्तर अनुगमनसम्बन्धी स्वीस प्रविधि कम्पनी आईक्युएयरले लाहोर विश्वकै सवैभन्दा प्रदूषित सहर घोषित गरेको हो। बुधबार लाहोरको वायु गुणस्तर सूचांक (एक्यूआई) ३४८ थियो। ३०० भन्दा माथिको एक्यूआईलाई खतरनाक मानिन्छ।

पछिल्लो समयमा पाकिस्तानमा वायु प्रदूषण बढ्दो छ। सवारी साधनमा कम गुणस्तरको डिजेलको प्रयोग, मौसमी उब्जनीपछि किसानहरुले खेतबारीमा लगाएको आगो तथा परालको धुँवा  र हिउँदसँगै सुरु भएको चिसोले वातावरण झनै प्रदूषित बनेको छ।

एक करोड १० लाख जनसंख्या रहेको लाहोर वायु प्रदूषणका हिसाबले बारम्बर विश्वमै ‘प्रदूषित सहर’ को उपमा पाउँदै आएको छ।

वायु स्वच्छ राख्न भन्दै पछिल्ला बर्ष स्थानीयवासीले आफै एयर प्युरिफायर मेसिन (हावा चिसो बनाउने मेसिन) बनाएका छन्। प्रदूषणका कारण आत्तिएका उनीहरुले वायु स्वच्छ गर्न माग गर्दै सरकारी अधिकारीहरुबिरुद्ध मुद्दा दायर गरेका छन्। तर, अधिकारीहरुले लाहोरको प्रदूषणको दोष छिमेकी भारतलगायतका देशहरुबाट फैलिएको धुवाँलाई दिँदै आएका छन्।

‘बालबालिकाहरुले श्वासप्रश्वासजन्य रोग अनुभव गरेका छन्। भगवानका निम्ति भए पनि समाधान खोज,’ स्थानीय मजदुर मुहमद सइदले भने।

प्रकाशित मिति: : 2021-11-18 09:10:00

प्रतिकृया दिनुहोस्