वैवाहिक जीवनमा खुसी नहुँदा तनाव बढ्ने मात्र नभइ यसले मृत्युको जोखिम पनि बढाउन सक्ने अध्ययनले देखाएको छ।
वैवाहिक जीवनमा खुसी नभएका वा विवाहसँग सन्तुष्ट नभएका पुरुषहरूमा स्ट्रोकको कारणले मृत्यु हुने सम्भावना बढी हुन्छ।
इजरायलको तेल अवीव विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अनुसन्धानअनुसार त्यस्ता पुरुषहरूको मर्नेको सङ्ख्या १९ प्रतिशत रहेको दाबी गरेका छन्।
जो मानिस आफ्नो विवाहमा सन्तुष्ट छैनन्, उनीहरूमा मृत्युको जोखिम धूम्रपान गरेजत्तिकै घातक हुने गर्छ।
अनुसन्धानका लागि अन्वेषकहरूले अचानक मृत्यु भएका दस हजार मानिसको ३० वर्ष पुरानो स्वास्थ्य डाटाको अध्ययन गरेका थिए। वैवाहिक जीवनमा दु:खी भएका स्ट्रोक वा हर्टअट्याकको कारण हुने मृत्युको जोखिम ६९ प्रतिशतसम्म रहेको अनुसन्धानले पत्ता लगाएको छ।
विवाहित जीवनमा दु:खी भएका कारण हुने मृत्युको जोखिम चुरोटको लत वा व्यायाम नगरेको कारण अकालमा हुने मृत्युको जोखिमसँग तुलना गर्न सकिन्छ।