म्यान्मारको गाेर्खा सम्मेलनमा  जननिर्वाचित राष्ट्रपतिदेखि मन्त्रीहरूकाे सम्बाेधन

राजकुमार शर्मा

रंगुन, म्यान्मार
Breaknlinks
Breaknlinks

गाेर्खा मुभमेन्ट फर डेमाेक्रेसी इन् म्यान्मार (जीएमडीएम)ले दीपावलिकाे सन्दर्भ पारेर भर्चुअल सम्मेलन सम्पन्न गरेकाे छ। जीएमडीएमले संयाेजन गरेकाे 'डेमाेक्रेसी दीपावली' भर्चुअल सम्मेलनमा म्यान्मार जुन्ताविरूद्ध बनेकाे जननिर्वाचित 'राष्ट्रिय एकता सरकार' (एजयूजी) का राष्ट्रपतिदेखि मन्त्रीहरूले सम्बाेधन गरेकाे गाेर्खा–युवा नेताहरूले बताएका छन्।

गाेर्खा मुभमेन्ट फर डेमाेक्रेसी इन् म्यान्मार– थाइल्याण्डमा बसाेबास गर्ने बर्मेली–गाेर्खाली (नेपालीभाषी)हरूकाे आधिकारिक छाता संगठन हाे। राष्ट्रिय एकता सरकारलाई गाेर्खा मुभमेन्ट फर डेमाेक्रेसी इन् म्यान्मारले मासिक रूपमा सहयाेगसमेत गर्दैआएकाे छ।

संस्थाले यसअघि दुईपटकसम्म आर्थिक सहयोग गरिसकेकाे गाेर्खा समूहका शीर्षनेताहरूले बिएल नेपाली सेवालाई जनाएका छन्। जीएमडीएमले म्यान्मारका विभिन्न विभागहरूमा कराेडाैँ म्यान्मार च्याट् राष्ट्रिय एकता सरकारमार्फत सहयोग गरेकाे जनाइएकाे छ।

हजाराैँ बर्मेलीहरूका कैयाैँ सपनाहरू सैन्य 'कू'पछि चकनाचुर भएका छन्। सैन्य तानाशाहीकाे अन्याय र अत्याचारलाई स्वीकार नगर्ने म्यान्माबासीहरूले धर्म, सत्यप्रति अनेकाैँ आवाजप्रति उठाएका छन्। म्यान्मारकाे प्रजातान्त्रिक आन्दाेलनमा गाेर्खाहरूकाे ऐतिहासिक कदमहरू निरन्तर सँगसँगै रहने उनले विश्वास व्यक्त गरेका छन्।

गाेर्खा मुभमेन्ट फर डेमाेक्रेसी इन् म्यान्मार र म्यान्माली गाेर्खा समाजले एनयूजीमार्फत् नै गाेर्खा डिफेन्स फाेर्स र कचिन गाेर्खा फाेर्सलाई सहयोग गर्ने याेजना बनाएकाे छ।

म्यान्मार सेनाकाे 'कू'यता हजाराैँ गाेर्खाली युवक–युवती म्यान्मार सैन्य जुन्ताविरूद्धकाे युद्ध मैदानमा उत्रिएका छन्। उनीहरूकाे सहयाेगका लागि गाेर्खा मुभमेन्ट फर डेमाेक्रेसी इन् म्यान्मार (जीएमडीएम)ले विभिन्न सहयोग गर्दैआएकाे छ।

म्यान्मारमा जारी सैन्य 'कू'विरूद्धकाे अभियानलाई आर्थिक सहयोगकाे जुटाउने मुख्य उद्देश्यले 'डेमाेक्रेसी दीपावली' भर्चुअल सम्मेलनकाे आयाेजना गरिएकाे हाे।

म्यान्मारका जननिर्वाचित राष्ट्रपति डुवा लशीलाले राजनीतिक 'कू'पछि बर्मेली नागरिकहरूमाथि सैनिक सरकारले क्रूर दमन गरिरहेकाे बताएका छन्। उनले भने, 'बर्मेलीहरू शान्ति–सुरक्षाका भाेका छाैँ। चरम अभाव र दुःखमा बाँच्नु हाम्राे बाध्यता छ। यसकाे छिट्टै अन्त्य गर्नेछाैँ।'

हिन्दूजनकाे महान चार्ड दीपावलिकाे सुनाैलाै अवसरमा शुभकामनासमेत व्यक्त गरेका गरे। म्यान्मार देश विभिन्न धर्महरूको एकताले बाँधिएकाे उनले स्पष्ट पारेका छन्। म्यान्मार र विश्वभरका हिन्दू धर्मावलम्बीप्रति शान्ति, सुरक्षा र भविष्यको लागि कामना गरे।

राष्ट्रिय एकता सरकारका योजना तथा अर्थमन्त्री टिन ठून नाइन्ले म्यान्मारमा वर्षाैदेखि बसाेबास गर्दैआए गाेर्खा जातिहरूकाे गाैरवपूर्ण इतिहास रहेकाे बताएका छन्। उनले भने, 'गाेर्खाहरूकाे इतिहास सदैव गर्वलाग्दाे छ। देशलाई आपत्ति परेको बेला गाेर्खाहरू कहिल्यै पछि हटेका छैनन्।'

म्यान्मार छायाँ सरकारका राष्ट्रपति डुवा लशीला, योजना तथा अर्थमन्त्री टिन ठून नाइन्, मन्त्री टु खाँउलगायत सम्मेलनमा सहभागी भएका थिए। गाेर्खाली हिन्दू समाजले दीपावलीमा बालेका दीपहरूले लाेकतन्त्रकाे उज्यालो प्रकाश छर्ने बर्मेली–समाजले विश्वास गरेकाे छ। गाेर्खा मुभमेन्ट फर डेमाेक्रेसी इन् म्यान्मारले (एजयूजी)सँग प्रत्यक्ष रूपमा काम गरिरहेको छ।

जीएमडीएमले आयाेजना गरेकाे 'डेमाेक्रेसी दीपावली' सम्मेलनबाट एनयूजीलाई तीन लाखदेखि पाँच लाखसम्म (थाई पैसा) सहयोग पुर्‍याउने अपेक्षित गरिएकाे छ। यी–यस्ता भेला तथा सम्मेलनहरूले गाेर्खा समाजमा थप एकता ल्याउने अग्रजहरूले बताएका छन्। गाेर्खा कलाकारहरूले भर्चुअल सम्मेलनमार्फत् नाच–गान कार्यक्रमसमेत प्रस्तुत गरेका थिए।

म्यान्मार सेनाकाे आतंक झेलिरहेका ग्रामीण क्षेत्रका मानिसलाई सकेसम्म सहयोग गर्ने गाेर्खा सामाजिक संगठनका प्रतिनिधिहरूले बताएका छन्। गाेर्खा मुभमेन्ट फर डेमाेक्रेसी इन् म्यान्मारकाे सम्मेलनबाट उठेकाे सहयाेग रकम यहीँ महिनाको अन्त्यतिर एनयूजीलाई प्रदान गरिने बताएका छन्।

प्रकाशित मिति: : 2021-11-10 15:55:00

प्रतिकृया दिनुहोस्