सबैभन्दा ठूलो र अत्याधुनिक युद्धपोत चीनद्वारा पाकिस्तानलाई हस्तान्तरण

photo: Pakistan Navy
photo: Pakistan Navy

चीनले सोमबार पाकिस्तानलाई आफूले निर्यात गरेकोमध्ये सबैभन्दा ठूलो र अत्याधुनिक युद्धपोत हस्तान्तरण गरेको छ। दुई देशबीचको मित्रतालाई उजागर गर्दै आफूबीचको सबै मौसमी रणनीतिक सहकारी साझेदारीमा योगदान पुर्याउने उदेश्यले चीनले उक्त हस्तान्तरण गरेको जनाइएको छ।

'चाइना स्टेट शिपबिल्डिङ कर्पोरेशन लिमिटेड' (सीएसएससी) द्वारा डिजाइन र निर्माण गरिएको उक्त युद्धपोत पाकिस्तानी नौसेनालाई सांघाईमा एक समारोहमा हस्तान्तरण गरिएको सीएसएससीले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

पाकिस्तानी नौसेनाले सोमबार ग्लोबल टाइम्सलाई पठाएको विज्ञप्ति अनुसार, ०५४ए.पी किसिमको युद्धपोतलाई 'पीएनएस तुघ्रिल' नाम दिइएको छ। सतहदेखि सतह, सतहबाट हावा र पानीमुनि मार गर्ने क्षमता व्यापक रहेको र निगरानीका लागि उत्कृष्ट रहेको 'पीएनएस तुघ्रिल' पाकिस्तानी नौसेनाका लागि निर्माण भइरहेको चार प्रकारको ०५४ 'फ्रिगेट'को पहिलो हल हो।

अत्याधुनिक लडाईं व्यवस्थापन र आधुनिक आत्मरक्षा क्षमताका साथमा इलेक्ट्रोनिक युद्ध प्रणालीसँग सुसज्जित भएकोले टाइप ०५४ए.पी फ्रिगेटले एकैसाथ धेरै नौसैनिक युद्ध मिशनहरू अत्यधिक तनावपूर्ण वातावरणमा कार्यान्वयन गर्नसक्ने एक पाकिस्तानी विज्ञप्तिले उल्लेख गरेको छ।

पाकिस्तानी नौसेनाको बयानअनुसार,'पीएनएस तुघ्रिलको कमिशनले पाकिस्तान-चीन मित्रताको नयाँ अध्यायको सुरुवात गरेको छ जुन समयको परिक्षण संगै परिपक्व भएको छ र सबै क्षेत्रमा अटल रहेको छ' भन्दै चीनका लागि पाकिस्तानी राजदूत मोइन उल हकले टिप्पणी गरे।

चिनियाँ जहाजहरूको प्रभाव विस्तार गर्न र अन्तर्राष्ट्रिय बजारमा उनीहरूको प्रतिस्पर्धात्मकता बढाउन कोसेढुङ्गाको रूपमा उक्त फ्रिगेटको डेलिभरीले काम गरेको सीएसएससीले बतायो।

पीएलए नेभल रिसर्च एकेडेमीका वरिष्ठ रिसर्चकर्ता झाङ जुन्सेले, टाइप ०५४ए.पी आधारित टाइप ०५४ चीनको सबैभन्दा अत्याधुनिक फ्रिगेट रहेको उनले बताए।

अघिल्लो चिनियाँ फ्रिगेटहरूको तुलनामा सुधारिएको राडार प्रणाली र लामो दूरीको क्षेप्यास्त्रहरूको ठूलो परिमाणमा सुसज्जित रहेको कारण नयाँ जहाजमा राम्रो वायु रक्षा क्षमता र विश्व-स्तरीय स्टेल्थ रहेको भन्दै झाङले टाइप ०५४ए फ्रिगेटको बारेमा टिप्पणी गरे।

प्रकाशित मिति: : 2021-11-09 18:26:00

प्रतिकृया दिनुहोस्