मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभा आज, शतप्रतिशत हकप्रद सेयर जारी गर्ने मुख्य एजेण्डा

File Photo
File Photo

मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभा आज मंगलबार बस्दै छ। सभा मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यालय काठमाडौं प्लाजा कमलादीमा बिहान ११ बजे सुरु हुनेछ।  

सभामा मुक्तिनाथले हाल कायम चुक्ता पुँजीबाट शतप्रतिशत हकप्रद निष्काशन गर्ने एजेन्डा पेस हुनेछ।

सभामा कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतको प्रस्ताव छ।

प्रकाशित मिति: : 2021-11-09 11:02:00

प्रतिकृया दिनुहोस्