सुडानी प्रधानमन्त्री नजरबन्दमुक्त, सेनाको स्कर्टिङमा फर्किए घर

File Photo
File Photo

सेनाद्वारा घरमै नजरबन्दमा राखिएका भनिएका सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामडोक घर फर्किएका छन्। प्रधानमन्त्री हामडोकलाई राजधानी खार्तुमस्थित आफ्नै घरमा पुयाइदिएको त्यहाँको सेनाले जनाएको छ।

यसअघि सेना प्रमुख अब्देल फताह अल बुरहानले प्रधानमन्त्रीको आफ्नै सुरक्षाका लागि नजरबन्दमा राखिएको बताएका थिए। सैन्य कू गरेपछि मंगलबार आफ्नो पहिलो पत्रकार सम्मेलनमा अल बुरहानले देशलाई गृहयुद्धबाट जोगाउन सेनाले हातमा शक्ति लिएको बताएका थिए। उनले सेनाबिरुद्ध विष बमन गर्नै राजनीतिज्ञलाई पन्छाउनुको विकल्प सेनासँग नभएको बताएका थिए। 

सेनाको कूपछि राजधानी खार्तुमलगायत देशका प्रमुख सहरहरुमा प्रदर्शन भइरहेका छन्। प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर सात प्रदर्शनकारीको मृत्यु भएको छ। 

प्रकाशित मिति: : 2021-10-27 13:22:00

प्रतिकृया दिनुहोस्