कांग्रेस सभापति लड्ने घोषणा गरेका निधी पशुपतिमा: उनले भने, ‘पहिलोपल्ट यसरी पूजा गरेँ’ (भिडियाे)

शनि शाक्य

काठमाडौं

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले पशुपतिनाथ मन्दिरमा जारी रामनाम संकीर्तन तथा रुद्र महायज्ञ पूजा गरेका छन्। निधीले साेमबार विहान पशुपति मन्दिर परिसरमा पुगेर पञ्चामृत अभिषेक पूजा गरेका हुन।

यही कार्तिक ४ गतेदेखि पशुपतिनाथ मन्दिर प्रागंणमा सुरू भएकाे उक्त महायज्ञमा निधी श्रीमती र अरू अन्य साथीहरूकाे साथमा पुगेकाे थिए। निधिले लामाे समय लाइनमा बसेर जनकपुरबाट आएका श्री श्री १०८ श्री स्वामी जगत नन्दन दास जी महाराज (पगला बाबा) समक्ष पूजा गरेका हुन्।

निधीले पशुपतिनाथ मन्दिरमा यसरी पहिलाे पटक पूजा गर्न पाउँदा आनन्द महशुस भएकाे बताएका छन्। 

‘यस पशुपतिनाथ मन्दिरमा म र मेरो श्रीमती आएका हौँ। मैले यहाँ पञ्चामृत अविषेक पूूजा गरेँ। मैले पहिलो पटक यसरी घण्टौँ बसेर यो पूजा गर्ने अवसर पाएँ,’ निधिले भने। 

यही कार्तिक १३ गते सम्म चल्ने उक्त महायज्ञ श्री सीताराम नाम संकर्तिन एवम् रुद्र महायज्ञ समितिले कोरोना महामारीको शान्ति र विश्व कल्याणको लागि आयोजना गरेकाे हाे।

प्रकाशित मिति: : 2021-10-25 16:15:00

प्रतिकृया दिनुहोस्