ओलम्पिक संघहरुको छाता संस्था 'एनोक' को साधारण सभा सुरु

शनि शाक्य

काठमाडौँ

ओलम्पिक संघहरुको छाता संस्था ‘एशोसियसन अफ नेसनल ओलम्पिक कमिटी’ एनोकको साधारण सभा सुरु भएको छ। आजदेखि सुरु भएको साधारण सभामा नेपालको पनि सहभागिता रहेको छ।

ग्रिसको क्रेटमा भइरहेको एनोकको २५ औं साधारण सभामा नेपाल ओलम्पिक कमिटी एनओसीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य जिवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठले नेपालको प्रतिनिधित्व गरिरहेका छन्।

एनोकको साधारण सभा आज र भोलि सञ्चालन हुनेछ। एनओसीका महासचिव निलेन्द्रराजश्रेष्ठले एनोकको साधारण सभामा ओलम्पिकका केही महत्वपूर्ण व्यक्तित्वहरुसंग भेटघाट र छलफल हुने जानकारी दिएका छन्। 

नेपाली प्रतिनिधिमण्डल मंगलबार स्वदेश फर्कदैंछ।

प्रकाशित मिति: : 2021-10-24 15:13:00

प्रतिकृया दिनुहोस्