[अपडेट] अफगानिस्तानको मस्जिदमा विस्फोट हुँदा ३२ जनाको मृत्यु, कैयाैँ घाइते

[Javed Tanveer/AFP]

अफगानिस्तानको दक्षिणी शहर कान्दहार शहरस्थित एउटा शिया मस्जिदमा विस्फोट हुँदा कम्तीमा ३२ जनाको ज्यान गएको छ।

शुक्रबार दिउँसो प्रार्थनाका बेला भएको विस्फोटमा परी कैयाैँ घाइते भएको अलजजिराले जनाएकाे छ।

स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार इमाम बारगाह मस्जिदमा विस्फोट गराइएको थियो।

'कान्दहर शहरको शिया मस्जिदमा विस्फोट भएकाे थाहा पाउँदा हामी दुखी छौं, 'आन्तरिक मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जालमार्फत भनेका छन्।

विस्फोटका कारण मस्जिदका झ्यालहरू फुटेको र शवहरू भुइँमा अरसल्ल परेका सामाजिक सञ्जालमा राखिएका तस्वीरमा देखिएकाे बीबीसीले जनाएकाे छ।

विस्फोटको कारण स्पष्ट भएको छैन, तर आत्मघाती हमलाकारीले विस्फोट गराएको हुन सक्ने आशङ्का गरिएको छ।

प्रकाशित मिति: : 2021-10-15 16:54:00

प्रतिकृया दिनुहोस्