म्यान्मारः राष्ट्रपतिकाे राजीनामा माग्दै सेनाले धम्क्याएकाे खुलासा

Photo: AP
Photo: AP

म्यान्मार सेनाले 'कू' गर्नुअघि सैन्य हिरासतमा रहेका पूर्व राष्ट्रपति ऊ विन मिन्टकाे राजीनामा माग्दै धम्क्याएकाे खुलासा भएकाे छ। 

गत १–फेब्रुअरीकाे बिहानै राष्ट्रपति–निवास पुगेर दुई वरिष्ठ सैन्य अधिकारीहरूले स्वास्थ्य अवस्थाको कारण देखाउँदै पदबाट राजीनामा गराउने प्रयास गरेका थिए। तर पूर्व राष्ट्रपति मिन्टले सैनिक अधिकारीहरूकाे कुनै कुरा मानेनन्।

प्रजातन्त्रवादी नेता मिन्टले स्वास्थ्य अवस्था राम्राे रहेकाे बताउँदै आफूले राजीनामा दिन नसक्ने अडान लिएपछि राष्ट्रपति–निवास पुगेका वरिष्ठ सैन्य अधिकारीहरूले 'व्यक्तिगत हानी'को समेत धम्की दिएकाे उनले मंगलबार अदालतमा बयान दिएका हुन्।

उनीमाथि सेनाले फौजदारी मुद्दा चलाएकाे छ। संहिताको धारा ५०५ (बी)बारे नेता मिन्टले आफूलाई सैन्य अधिकारीहरूले धम्क्याएकाे विषय प्रवेश गराएकाे उनका वकीलहरू बताउँछन्।

प्रकाशित मिति: : 2021-10-14 06:57:00

प्रतिकृया दिनुहोस्