चीनलाई ‘काउन्टर’ दिन अमेरिकाले ताइवानका वायु सेनालाई तालिम दियोः रिपोर्ट

फाइल तस्वीर
फाइल तस्वीर

अमेरिकाको विशेष फौजले ताइवानका सेनालाई एक वर्षदेखि तालिम दिँदै आएको एक अन्तर्राष्ट्रिय सञ्चार माध्यमले दाबी गरेको छ। ताइवानबारे अमेरिका र चीनबीच नयाँ विवाद चर्किरहेका बेला ताइवानी फौजलाई अमेरिकाले तालिम दिएको अमेरिकाको वाल स्ट्रिट जर्नलले जनाएको हो।

पछिल्लो एक सातादेखि ताइवानको हवाई र आसपासको समुद्री क्षेत्रमा अमेरिकाका १५० भन्दा बढी लडाकु विमान उडिरहेका छन्। सोही विषयलाई लिएर अमेरिकाले चीनको विरोध गर्दै आएको छ। ताइवानमाथि  दमन गरे आफू हेरेर नबस्ने अमेरिकाले बताएको छ।

चीनले लगातार चार दिनसम्म ताइवानको हवाई क्षेत्रमा दर्जनौँ लडाकु जहाज उडाएपछि ताइवानले पनि त्यसको विरोध गरिसकेको छ।

अमेरिकी वायु सेनाका दुई दर्जनभन्दा बढी सदस्यहरू ताइवानको स्थल, वायु र पनडुब्बी सेनालाई कम्तिमा एक वर्ष तालिम दिएको अज्ञात अधिकारीलाई उदृत गर्दै वाल स्ट्रिटले जनाएको छ। चीनले पछिल्लो एक वर्षदेखि नै ताइवानबिरुद्ध सैन्य गतिविधि बढाएको छ। तर, ताइवानको रक्षा मन्त्रालयले भने यसलाई अस्वीकार गरेको छ। पूर्वयोजनाअनुसार नै दुई देशबीच सैन्य आदानप्रदान भएको रक्षा मन्त्रालयले जनाएको छ।

चीन  र ताइवानबीच सन् १९४९ देखि विवाद चल्दै आएको छ। चीनले ताइवानलाई आफ्नो एउटा प्रान्तका रुपमा व्यवहार गर्दै आएको छ।

प्रकाशित मिति: : 2021-10-08 12:56:00

प्रतिकृया दिनुहोस्