साफ च्याम्पियनसीपः भारत श्रीलंकासँग रोकियो, नेपाल फाइनलतर्फ उन्मुख

सात पटकको साफ च्याम्पियन भारत श्रीलंकासँग रोकिएको छ।

बिहीबार साफ च्याम्पियनसिप, २०२१ अन्तर्गत राउन्ड रोबिन लिगको तेस्रो चरणमा श्रीलंकाले उपाधि दाबेदार भारतलाई गोलरहित बराबरीमा रोकेको हो।

खेलमा भारतले पकड जमाए पनि गोल गर्न भने सकेन। बराबरीसँगै भारतको फाइनल पुग्ने समीकरण कमजोर भएको छ। भारतले लिग चरणका दुवै खेलमा बराबरी खेलेको छ।

यो नतिजासँगे नेपालको फाइनल पुग्ने संभावना बलियो भएको छ। नेपालले दुई खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा छ। बंगलादेशको दुई खेलमा ४ अंक तथा भारतको दुई खेलमा २ अंक छ।

श्रीलंका १ अंक जोड्दै चौथोमा रहँदा अंकविहीन माल्दिभ्स पुछारमा छ।

आज हुने अर्को खेलमा आयोजक माल्दिभ्सले बंगलादेशको सामना गर्नेछ।

बंगलादेशले आज जीत हासिल गरे अंक तालिकाको शीर्ष स्थानमा उक्लनेछ। साविक विजेता माल्दिभ्स प्रतियोगितामा पहिलो अंक जोड्न चाहन्छ।

प्रकाशित मिति: : 2021-10-07 19:48:00

प्रतिकृया दिनुहोस्