मध्य भोटेकोसी जलविद्युत कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासनमा ल्याएको छ। कम्पनीले सर्वसाधारणलाई बाँकी ९० लाख कित्ता सेयर निष्कासन गर्नेछ।
कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता सेयर निष्कासन गरेको हो। आईपीओमा सर्वसाधारणले २० देखि २५ असोजसम्म आवेदन दिन सक्ने छन्।
कम्पनीले गत ५ वैशाखमा नेपाल धितोपत्र बोर्डबाट कुल एक करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ।