श्रीलंकाविरुद्ध दुई परिवर्तन, काउन्टर खेललाई प्राथमिकता

साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध खेल्ने नेपाली टोलीको सुरुवाति ११ जनाको नाम सार्वजनिक भएको छ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माल्दिभ्सविरुद्धको पहिलो खेलबाट दुई खेलाडी परिवर्तन गरेका छन्। दिनेश राजबंशी र सुजल श्रेष्ठ बाहिर रहेका छन्।

उनीहरूको स्थानमा विशाल राई र सुमन लामाले स्थान बनाएका छन्। प्रशिक्षक अब्दुलाहले सार्वजनिक गरेको सुरुवाती एघारको रणनीति अनुसार नेपालले काउन्टर खेललाई प्राथमिकता दिएको छ। 

गोलरक्षक : किरण कुमार लिम्बू 

डिफेण्डर : सुमन अर्याल, अनन्त तामाङ, रोहित चन्द, गौतम श्रेष्ठ 

मिडफिल्डर : पुजन उपरकोटी, विशाल राई, तेज तामाङ

स्ट्राइकर : सुमन लामा, अन्जन बिष्ट, नवयुग श्रेष्ठ

प्रकाशित मिति: : 2021-10-04 22:10:00

प्रतिकृया दिनुहोस्