‘डाँडाको वरपीपल’ को ट्रेलर सार्वजनिक

Newskarkhana
Newskarkhana

दशैँको अवसर पारेर २६ असोजदेखि प्रदर्शन हुन लागेको फिल्म ‘डाँडाको वरपीपल’को आइतबार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको छ।

शोभित बस्नेतको निर्देशनमा बनेको फिल्ममा भुवन केसी, शिव श्रेष्ठ, रुबिना थापा, गौरी मल्ल, विनोद न्यौपाने, सलोन बस्नेतलगायतका कलाकारले अभिनय गरेका छन्।

अन्तरजातीय प्रेम र विवाहका कारण सम्बन्धमा आउने समस्यामा केन्द्रित फिल्म चित्लाङ र काठमाडौंमा खिचिएको हो । बूढासुब्बा डिजिटलका प्रमुख नवराज गिरीले निर्माण गरेको फिल्मको स्क्रिप्ट रामकाजी घिमिरेले लेखेका हुन्। सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया र एलिश कार्कीको संगीत र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मको सम्पादन मित्रदेव गुरुङले गरेका हुन्।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक शोभितले ‘डाँडाको वरपीपल’ आफ्नो निर्देशनमा बनेको ३१औँ फिल्म भएको बताउँदै दर्शकको माया पाउने विश्वास व्यक्त गरे। उनले फिल्म तिहारपछि ओटीटी प्लेटफर्ममा पनि उपलब्ध हुने जानकारी दिए। 

प्रकाशित मिति: : 2021-10-03 19:10:00

प्रतिकृया दिनुहोस्