सेयर बजारको ओरालो यात्रा कायमै, आज ७३ अंकले घट्यो

File photo
File photo

केही दिन उकालो लागेको सेयर बजारमा पुनस् गिरावट सुरु भएको छ। आइतबार मात्र ६१.२७ अंकले घटेको बजारमा आज पनि भारी गिरावट आएको छ।

आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७३.०५ अंकले घटेर २६८५.४१ बिन्दुमा पुगेको छ। आज नेप्से २.६५ प्रतिशतले घटेको हो। यता सेन्सेटिभ परिसूचक पनि १२।९४ अंकले घटेर ५०६.३३ बिन्दुमा पुगेको छ।

आइतबार कारोबार रकम पनि घटेको छ। आज कुल २२७ कम्पनीको १ करोड ४ लाख ७८ हजार ६८ कित्ता सेयर खरिदबिक्री गर्दा ५ अर्ब १२ करोड ९ लाख ७३ हजार ९६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।

प्रकाशित मिति: : 2021-09-27 15:24:00

प्रतिकृया दिनुहोस्