भारतका चर्चित युवानेता कन्हैया कुमार कंग्रेसमा प्रवेश गर्दै

भारतका चर्चित युवा नेता कन्हैया कुमार भारतीय कंग्रेस पार्टीमा प्रवेश गर्ने भएका छन्।

गुजरातका विधान सभा सदस्य जिन्गेश मेवानी र कन्हैयाकुमार एकैचाेटी कंग्रेसमा प्रवेश गर्न लागेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

उनीहरूलाई पार्टी प्रवेश गराउन कार्यक्रममा कांग्रेसका नेता राहुल गान्धी र गुजरातका युवा नेता हार्दिक पटेल सहभागी हुने बताइएकाे छ।

कन्हैया कुमार जवाहारलाल नेहरू विश्वविद्यालयको विद्यार्थी युनियनका अध्यक्ष र अल इन्डिया स्टुडेन्टस् फेडेरेसनका राष्ट्रिय नेता थिए।

पछिल्लो समय उनी कम्युनिष्ट पार्टी अफ इन्डियामा आवद्ध थिए। 

प्रकाशित मिति: : 2021-09-26 17:58:00

प्रतिकृया दिनुहोस्