नेप्सेमा ६१ अङ्कको पहिरो, फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक गुमाए

आइतबार सेयर बजार परिसूचक नेप्सेमा ६१ अङ्क माथिले गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज परिसूचक ६१.२७ अङ्कले घटेर २७ सय ५८.४८ विन्दुमा झरेको हो। गत हप्ताको बिहीबार नेप्से परिसूचक २ अङ्कले बढेर २८ सय १९ विन्दुमा अड्किएको थियो।

नेप्सेका अनुसार आज साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १०.७० अङ्कले घटेर ५१९.३६ विन्दुमा झरेको छ।

आज फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। यो समूहको सेयरमूल्य ५.८९ प्रतिशतले घटेको छ। त्यसैगरी, हाइड्रोपावर समूहको सेयरमूल्य ४.३ प्रतिशतले घटेको छ।

आज मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाउँदा आईसीएफसी फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्।

प्रकाशित मिति: : 2021-09-26 15:41:00

प्रतिकृया दिनुहोस्